Location ले कुनै पथका लागि Nginx ले के गर्ने भन्ने निर्धारण गर्छ। बढी विशिष्ट देखिने नियम सधैँ छानिँदैन: ठ्याक्कै मिल्ने नियम, prefix र regular expression का प्राथमिकता फरक हुन्छन्।
तीन नियमबाट सुरु गरौँ
यी location एउटै server block भित्र एउटै तहमा छन्:
location = /health { return 200 "health"; }
location /images/ { return 200 "images"; }
location ~ \.jpg$ { return 200 "jpg"; }
